मङ्सिर- १०
काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलाबारे दिनुभएको अभिव्यक्तिलाई लिएर तीव्र आलोचना सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले इस्लाममामुस्लिम महिला को अधिकारको विषयमा दिएको अभिव्यक्ति लाई लिएर चर्को आलोचना सुरु भएको छ
नेपाली मुस्लिम नेता तथा अगुवाहरूका अनुसार प्रधानमन्त्री कार्कीले गरेको टिप्पणी असंवेदनशील र समुदायलाई गलत रूपमा प्रस्तुत गर्ने खालको भएकाले सच्चाउनुको विकल्प नभएको बताएका छन्।
प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर गैर जिम्मेवार अभिव्यक्ति दिने प्रधानमन्त्रीको उक्त क्रियाकलापले समाजमा द्वन्दको परिस्थिति सिर्जना गर्न सक्ने बताएका छन् ।

