नेपाली समय:

वि.सं २०८२ पौष १०   बिहीवार

NepaliNP
काठमाडौँको तापक्रम आज यस वर्षकै कम मापन,

पौष-८

काठमाडौँ- पछिल्ला दिनमा चिसो बढ्दो छ। तराईमा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन्।

हिमाली क्षेत्रमा हिमपात जारी छ। काठमाडौँ उपत्यकालगायत जिल्लामा पनि तापक्रम र मौसमको उतारचढाव जारी छ। सोही क्रममा काठमाडौँको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ।

1 day
हाम्रो आवाज