नेपाली समय:

वि.सं २०८२ पौष १३   आइतबार

NepaliNP
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु,

पुष-१३

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी गराएका छन् ।

 

जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

4 hours
हाम्रो आवाज