पुष -२७
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।
वि.सं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँ जस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिने कार्यक्रम रहेको छ्।
गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

