नेपाली समय:

वि.सं २०८२ पौष २८   सोमवार

NepaliNP
कांग्रेस विशेष महाधिवेशन:प्रतिनिधिद्वारा नाम दर्ता सुरू,

 

पुष -२७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत प्रतिनिधिले नाम दर्ता गराइरहेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिले आइतबार (पुस २७) बिहानदेखि नाम दर्ता गराउन थालेका हुन् ।

नाम दर्ताका निम्ति परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिएर आउन भनिएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।

16 hours
हाम्रो आवाज