पुष-२८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैँलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरेका छन्, जसमा ट्रम्पको तस्वीरमुनि एक्टिङ प्रेसिडेन्ट अफ भेनेजुएला अर्थात् भेनेजुएलाको कार्यवाहक राष्ट्रपति लेखिएको छ । पोस्टमा जनवरी २०२६ मा पदभार सम्हालेको उल्लेख छ ।
योसँगै ट्रम्पले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपतिका रूपमा पनि देखाएका छन् । पोस्टलाई लिएर ह्वाइट हाउस या अमेरिकी प्रशासनका तर्फबाट कुनै औपचारिक भनाइ बाहिर आएको छैन ।

