पुष-३०
काठमाडौँ -नेपाली कांग्रेसको महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । काठमाडौंमा जारी दोस्रो महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीका लागि शर्मा र पौडेलको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।
सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ । सहमतिका प्रयास विफल भएपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयन प्रक्रियामा गएको हो ।
आजै मतदान गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढेको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिएका छन।

