नेपाली समय:

वि.सं २०८२ माघ ५   आइतबार

NepaliNP
नेपाली काँग्रेसको आन्तरिक विवाद उत्कर्षमा देउवा पक्षधर नेताहरू प्रदर्शनमा,

माघ-४

काठमाडौँ - नेपाली काँग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सो निर्णयलाई अवैधानिक र दुराशयपूर्ण भएको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।

आयोगको निर्णयपछि देउवा पक्षले शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बसी निर्णयलाई अस्वीकार गरेको छ । बैठकले आयोगको कदम संविधान, कानून र पार्टी विधानविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेको छ ।देउवा पक्षले देशव्यापी प्रदर्शन र आन्दोलनको चेतावनीसमेत दिएको छ ।

4 hours
हाम्रो आवाज