नेपाली समय:

वि.सं २०८२ माघ १५   बुधवार

NepaliNP
बाँकेमा उल्लासपूर्ण रूपमा उम्मेदवार मनोनयन दर्ता,

फागुन- ७

 

बाँके -आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रुपमा उम्मेदवारले मनोनय दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । 

 

बाँके क्षेत्र नम्बर २ मा प्रभावशाली नेता मोहम्मद इस्तियाक राईले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसबाट सुधांशु कोइराला, नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटालगायतले उम्मेदवारी दर्ता गराएका छन्।

 

21 Jan 2026 , 9:10am
हाम्रो आवाज