नेपाली समय:

वि.सं २०८२ माघ १५   बुधवार

NepaliNP
राष्ट्रिय सभा सदस्य निर्वाचन मधेश प्रदेश: ३०० भन्दा बढीले गरे मतदान,

माघ -११

जनकपुर- मधेस-प्रदेशको जनकपुरमा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा अपराह्न २ बजेसम्म ३०० भन्दा बढीले मतदान गरेका छन्।

 

राष्ट्रिय सभाका चार सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ। निर्वाचनमा मधेस-प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता रहेका छन्।

 

राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामअशिष यादव, उपसभामुख बबिता राउत ईशरलगायत पदाधिकारीले मतदान गरिसकेका छन्। बिहान ९ बजे सुरु भएको मतदानको समय अपराह्न ३ बजेसम्मका लागि तय गरिएको छ।

25 Jan 2026 , 2:36pm
हाम्रो आवाज