नेपाली समय:

वि.सं २०८२ माघ १८   शनिवार

NepaliNP
आज सहिद दिवस-प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण,

माघ -१६

प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । 

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि  सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

13 hours
हाम्रो आवाज