माघ-२२
काठमाडौं - ईरान र अमेरिकाबीचको आणविक वार्ता शुक्रबार ओमानको मस्कटमा आयोजना गरिने इरानी परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा यो वार्ता स्थानीय समयअनुसार बिहान १० बजे हुने जानकारी दिँदै आवश्यक व्यवस्था मिलाएकोमा ओमानलाई धन्यवाद दिएका छन् । मध्यपूर्वी देशहरूको पहलपछि अमेरिका र ईरान शुक्रवार ओमानमा वार्ता गर्न सहमत भएको भनी अंतररास्ट्रीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

