माघ-२७
काठमाडौँ- अन्ततः टी-२० विश्वकप २०२६ मा भारतविरुद्धको खेल खेल्न पाकिस्तान तयार भएको छ । पाकिस्तानी सञ्चार माध्यमबाट प्राप्त जानकारी अनुसार ‘फेब्रुअरी १५ मा भारतविरुद्ध हुने भनिएको खेल खेल्न पाकिस्तान तयार भएको छ । बंगलादेश र श्रीलंकाले यसका लागि अनुरोध गरेको थियो भने भारतले पाकिस्तानको केही सर्त मान्न तयार भएको छ ।’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तान र बंगलादेशको क्रिकेट बोर्डका प्रतिनिधिसँग वार्ता पछि उक्त निर्णय भएको जनाइएको छ ।

