नेपाली समय:

वि.सं २०८३ बैशाख २   बुधवार

NepaliNP
नयाँ राजनीतिक नेतृत्वका लागि बङ्गलादेशमा मतदान जारी,

माघ २९

एजेन्सी -बङ्गलादेशमा सन् २०२४ को जेन्जी आन्दोलन पछि बङ्गलादेशमा पहिलोपटक संसदीय निर्वाचनमा आज मतदान हुँदैछ। वर्षौको राजनीतिक अस्थिरता र जेन जी विद्रोह पछि भइरहेको मतदानलाई लोकतन्त्रको महत्त्वपूर्ण पाटोको रूपमा हेरिएको छ।

आज बिहिबार बिहान सुरु भएको मतदान मध्यान्नसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागिता सहित मतदान कार्यक्रम अघि बढेको जनाइएको छ। पूर्वप्रधानमन्त्री शेख हसिना सम्बद्ध पार्टी आवमी लिग माथि प्रतिबन्ध लगाएपछि यो निर्वाचन पहिलोपटक हुँदैछ। यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुने छन् भन्ने जनाइएको छ।

12 Feb 2026 , 2:21pm
हाम्रो आवाज