फागुन -१
काठमाडौं -निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र रूपमा सम्पन्न गर्न सञ्चार माध्यमको निर्णायक भुमिका हुने बताएका छन् ।
आयोगद्वारा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गरी मतदानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन् ।

