फागुन-३
काठमाडौँ - आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरू हुने भएको छ ।
मतदातालाई मताधिकारको महत्व र मतदान प्रक्रियाको विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम सुरू हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।
आजदेखि सुरु कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका छ हजार ७ सय ४३ वडामा सञ्चालन हुनेछ । यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।

