नेपाली समय:

वि.सं २०८२ फाल्गुण ६   बुधवार

NepaliNP
दुर्गा प्रसाईंलाई थप चार दिन प्रहरी हिरासतमा राख्न अनुमति,

फागुन-५

काठमाडौँ-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

 

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार साँझ भक्तपुरस्थित उनकै निवासबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार उनविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

13 hours
हाम्रो आवाज