नेपाली समय:

वि.सं २०८२ फाल्गुण ६   बुधवार

NepaliNP
बंगलादेशमा आज बीएनपीको नेतृत्वमा जननिर्वाचित सरकार गठन हुँदै,

फागुन- ५

एजेन्सी- बंगलादेशमा करिब दुई दशकपछि बीएनपी को नेतृत्वमा आज जननिर्वाचित सरकार गठन हुँदैछ। विद्यार्थी आन्दोलनपछि हाल सम्म शासन सम्हालेको अन्तरिम सरकारले आज बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानलाई सत्ता हस्तान्तरण गर्दैछ।

 

नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेको छ। अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमबार राति बिदाइ सम्बोधन गर्दै पद त्यागको घोषणा गरेका थिए।

 

बीबीसीका अनुसार नवनियुक्त प्रधानमन्त्री तारिक रहमान र मन्त्रिपरिषद्का सदस्यहरूको शपथ ग्रहण कार्यक्रम अपराह्न ४ बजे तय गरिएको छ।

 

प्रधानमन्त्रीको शपथअघि मंगलबार बिहान १० बजे संसद् भवनको 'साउथ प्लाजा'मा मुख्य निर्वाचन आयुक्तले नवनिर्वाचित संसद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।

गत १२ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमा बीएनपी गठबन्धनले ऐतिहासिक जित हासिल गरेको थियो ।  बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।

१६ महिनाअघि भएको विशाल विद्यार्थी आन्दोलनका कारण तत्कालीन सरकार ढलेपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

13 hours
हाम्रो आवाज