नेपाली समय:

वि.सं २०८२ फाल्गुण ९   शनिवार

NepaliNP
फागुन २१ को निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्न गृह मन्त्रीको आह्वान,

फागुन-८

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले  निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरेका छन्।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन।

बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाउँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा ल्याइएको जानकारी गराएका छन्।

19 hours
हाम्रो आवाज