नेपाली समय:

वि.सं २०८३ बैशाख ११   शुक्रवार

NepaliNP
एमालेको झण्डा जलाएको आरोपमा थप २ जना पक्राउ,

फागुन -९

 

काठमाडौं : दाङको तुलसीपुरमा नेकपा एमाले पार्टीको  झण्डा जलाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय  रमेश राना मगर र तुलसीपुर –६ का २४ वर्षीय  बिक्रम परियारलाई शुक्रबार राति पक्राउ गरेको हो।

 

प्रहरीले यसअघि तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो।

 

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वागतका लागि दाङ तुलसीपुरको वीरेन्द्र चोकका भेला भएका व्यक्तिले एमालेको झण्डा जलाएका थिए।

21 Feb 2026 , 11:41am
हाम्रो आवाज