नेपाली समय:

वि.सं २०८२ फाल्गुण १३   बुधवार

NepaliNP
निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने खालका सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह,

फागुन- १२

काठमाडौँ - प्रेस काउन्सिल नेपालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

काउन्सिलले  प्रेस विज्ञप्ति मार्फत निर्वाचनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै त्यो भूमिकालाई थप निष्ठापूर्वक निर्वाह गर्न आग्रह गरेको छ ।  

विज्ञप्तिमा भनिएको छ, “निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न र आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न पनि काउन्सिलको आग्रह छ ।”

यस्तै निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न, नगराउन काउन्सिलले आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

19 hours
हाम्रो आवाज