फागुन -१६
काठमाडौँ -जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल परेको १,०७६ निर्वाचन सम्बन्धी उजुरी मध्य ९९ प्रतिशत उजुरी फर्छ्यौट भइसकेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी दर्ता भएका छन्। प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य माध्यमबाट आएका थिए।

