नेपाली समय:

वि.सं २०८२ चैत्र १०   मंगलवार

NepaliNP
अमेरिकी राष्ट्रपति ट्रम्पले दिए इरान विरुद्ध कडा सैन्य कारबाहीको चेतावनी,

फागुन -१८
एजेन्सी-ईरानी क्षेप्यास्त्र प्रहारमा आफ्नो सैनिक मारिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिँदै अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने घोषणा समेत गरेका छन् । एक भिडियो सन्देश मार्फत ट्रम्पले इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गर्ने बताएका हुन् ।

आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकाले हाल एक विशाल सैन्य अभियान सुरु गरिरहेको जानकारी दिएका छन्। उनले यो अभियान केवल वर्तमान सुरक्षाका लागि मात्र नभई भावी पुस्ताको सुनिश्चितताका लागि भएको दाबी गरेका छन् । इजरायल - अमेरिकाले संयुक्त रूपमा ईरान माथि गरेको आक्रमण पुर्णरुपमा गैरकानूनी रहेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले बताएका छन्।

2 Mar 2026 , 11:03am
हाम्रो आवाज