नेपाली समय:

वि.सं २०८३ बैशाख १   मंगलवार

NepaliNP
कार्की आयोगले सरकारलाई प्रतिवेदन बुझायो,

फागुन-२४

काठमाडौं- गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न बनेको गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी गराएका छन । 

प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाएका हुन्। गत ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगलाई शुरुमा तीन महिनाको कार्यादेश दिइएको थियो। समयमै आयोगले काम पूरा गर्न नसकेपछि सरकारले तीन पटक म्याद थपेको थियो ।

उक्त आयोगको समयावधि पनि आज आइतबार नै सकिँदैछ। जेनजी आन्दोलनको छानबिन गर्नका लागि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले असोज ५ गते उक्त आयोग गठन गर्ने निर्णय गरेको थियो।

उक्त प्रतिवेदन चुनाव अगावै सार्वजनिक गर्न जेनजी प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले माग गर्दै आएका थिए।

काम नसकिएको बताउँदै आयोगलाई फागुन २४ गतेसम्मका लागि म्याद दिइएको थियो। 

 

8 Mar 2026 , 1:14pm
हाम्रो आवाज