नेपाली समय:

वि.सं २०८२ चैत्र १०   मंगलवार

NepaliNP
रास्वपा सभापति रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी रिटमाथि आज सुनुवाइ हुँदै,

चैत -९

काठमाडौं - रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुनेभएको छ ।

 

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलास मुद्दाको सुनुवाई हुँदैछ । गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो

 

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले मुद्दा दायर गरेका थिए ।

15 hours
हाम्रो आवाज