चैत-१०
एजेन्सी-अली लारिजानीको मृत्युपछि इरानले आफ्नो नयाँ सुरक्षा प्रमुख नियुक्त गरेको छ ।
अलि लारीजानीको मृत्युपछि मोहम्मद बागेर जोल्घादरलाई सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को नयाँ प्रमुख नियुक्त गरिएको हो ।
बीबीसी फारसीका अनुसार राष्ट्रपति कार्यालयका सञ्चार तथा सूचना उपप्रमुख सय्यद मोहम्मद मेहदी तबताबाईले एक्समार्फत नयाँ सुरक्षा प्रमुख नियुक्तिको पुष्टि गरेका छन् ।

