नेपाली समय:

वि.सं २०८२ चैत्र २३   सोमवार

NepaliNP
आज प्रतिनिधिसभा बैठक बस्दै,

चैत-२३

काठमाडौं-प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ ।

बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।

12 hours
हाम्रो आवाज