नेपाली समय:

वि.सं २०८२ चैत्र ३०   सोमवार

NepaliNP
भारतीय गायिका आशा भोसलेको निधन,

एजेन्सि

चैत-२९

भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गर्नुभएकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाउनुभएकी उहाँको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उहाँको उमेर ९२ वर्ष थियो ।

 

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत रहँदा उहाँको निधन भएको चिकित्सक डा. प्रतीत समदानीले पुष्टि गर्नुभयो । चिकित्सकका अनुसार बहु–अङ्ग विफलताका कारण उहाँले अन्तिम सास लिनुभएको हो ।

 

अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए ।

10 hours
हाम्रो आवाज