नेपाली समय:

वि.सं २०८३ बैशाख ३   बिहीवार

NepaliNP
बिहारको मुख्यमन्त्रीमा सम्राट चौधरीले लिए शपथ,

एजेन्सि

बैशाख-२

एजेन्सि-भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतको बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आउनुभएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ ।

 

राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हाल्नुभएका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुग्नुभएको थियो ।

 

त्यहीँ बिहारका राज्यपाल सैयद अता हसनैनले उहाँलाई मुख्यमन्त्री पदको शपथ दिलाउनुभएको हो ।

नितिश कुमारको राजीनामापछि चौधरी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बन्नुभएको छ । 

12 hours
हाम्रो आवाज