नेपाली समय:

वि.सं २०८३ बैशाख १४   सोमवार

NepaliNP
भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने,


वैशाख- १४
काठमाडौँ - भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि दक्षिणी छिमेकी भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
नयाँ सरकार गठन पश्चात यो पहिलो उच्चस्तरीय भ्रमण हुने भएको छ। भारतले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ता दिएको भए पनि भ्रमणको मिति भने तय भएको छैन । विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिनुका साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति टुङ्गो लगाउने बताइएको छ ।

10 hours
हाम्रो आवाज