वैशाख -२३
चितवन- चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ६ वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या ६ पुगेको हो।
बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी गराएका छन। उनका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन।
मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन्। तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको बताइएको हो ।

