नेपाली समय:

वि.सं २०८३ जेठ ११   सोमवार

NepaliNP
ललितपुरमा नक्कली नोटसहित १९ एज जना पक्राउ,

जेठ-१०

ललितपुर-ललितपुरको लगनखेलबाट प्रहरीले नेपाली ५०० रुपैयाँ दरका नक्कली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ।  ललितपुर महानगरपालिका वडा नम्बर १२ स्थित लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुर मातहतको वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नक्कली नोट कारोबार गरिरहेकै अवस्थामा ती व्यक्तिलाई रंगेहात समात्न सफल भएको हो। पक्राउ पर्नेमा सिराहा जिल्ला लहान नगरपालिका वडा नम्बर १५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १४ कलंकी बस्ने १९ वर्षीय सुरज राई रहेका छन्।

प्रहरीले राईको साथबाट ५०० रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट बरामद गरेको छ। बरामद गरिएका ती सम्पूर्ण नोटहरूमा ‘ज/१३ ६८६४२७’ एउटै नम्बर उल्लेख भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर यस कारोबारमा अन्य व्यक्तिको संलग्नता भए नभएको बारे थप अनुसन्धान अगाडि बढाएको छ।

8 hours
हाम्रो आवाज