जेठ-१०
पाकिस्तानको क्वेटा सहरस्थित ‘चमन फाटक’ नजिकै आइतबार रेल्वे ट्र्याकमा विस्फोट भएको छ। ट्र्याकबाट रेल गइरहेको बेला विस्फोट भएको हो। विस्फोटमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।
विस्फोटका कारण रेलका तीनबाट बोगी ट्र्याकबाट खसेका छन् भने दुईवटा पल्टिएका छन्। प्रत्यक्षदर्शीका अनुसार शक्तिशाली विस्फटोका कारण रेल्वे ट्र्याकनजिकै रोकिराखेका थुप्रै सवारी सधानका साथै आसपासका घरहरूमा पनि क्षति पुगेको छ।
रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले क्वेटामा भएको विस्फोटको कडा निन्दा गरेका छन्।

