जेठ-१२
वीरगञ्ज- मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।
पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिए।
अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो। प्रहरीले प्रसाईं विरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो।

