जेठ-१८
काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।
संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति भवन पठाइएका यी दुवै विधेयकहरू प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

