जेठ-२०
काठमाडौँ- नेपाल-भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरूले गरेको विरोधका कारण राष्ट्रिय सभा बैठक २६ जेठमा बस्ने गरी स्थगित भएको छ।
बैठक सुरु हुनेबित्तिकै बुधबार राष्ट्रिय सभा सदस्यहरूले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम-कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एक सातापछि बस्ने गरी स्थगित गरिएको हो।
त्यसअघि बैठकमा राष्ट्रिय सभा सदस्य सुनीलबहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन।

