नेपाली समय:

वि.सं २०८३ जेठ २६   मंगलवार

NepaliNP
अत्याधिक गर्मीका कारण नेपालगंजका सम्पूर्ण विद्यालयमा ४ दिन  विदा,

जेठ-२५

नेपालगन्ज- बढ्दो गर्मीका कारण बाँकेको नेपालगञ्ज उप महानगरपालिकाका  विद्यालयमा यही जेठ २६ गतेदेखि जेठ २९ गतेसम्म ४ दिनका लागि सामुदायिक, धार्मिक र संस्थागत सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गरिएको छ ।

पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि अत्याधिक गर्मी मौसमका कारण विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै नेपालगञ्जका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरू बन्द गरिने निर्णय गरिएको नेपालगञ्ज उप महानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका उपसचिव गोरख बहादुर थापाले जानकारी गराएका छन्।

विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाको सुझावको आधारमा सम्पूर्ण पठनपाठन बन्द हुने गरी विदा गरिएको जनाइएको छ ।





 

9 hours
हाम्रो आवाज