नेपाली समय:

वि.सं २०८३ आषाढ १   सोमवार

NepaliNP
पर्सामा एक सय किलो गाँजा बरामद,

जेठ-३१

काठमाडौं- पर्साको जगरनाथ गाउँपालिका ३ मा १०० किलो गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आइतबार एक सय किलो गाँजा बरामद गरेको छ।

प्रहरीको संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो।

उक्त गाँजा कहाँबाट कसरी आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी गराएका छन्।

9 hours
हाम्रो आवाज