नेपाली समय:

वि.सं २०८३ आषाढ ११   बिहीवार

NepaliNP
कैलालीमा सैन्य तालिम का क्रममा ग्रिनेड पड्किँदा एक सैनिकको मृत्यु,

असार -११

कैलालीमा सैन्य तालिम का क्रममा ग्रिनेड पड्किँदा एक जना सैनिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।  

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गर्ने क्रममा बिहीबार बिहान ग्रिनेड पड्किँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम बिष्ट र सहसेनानी हिमराज जोशी घाइते भएका थिए।

गम्भीर घाइते भएका बिष्टको लम्कीस्थित लालरत्न अस्पताल मा उपचारका क्रममा दिउँसो करिब १२ बजेतिर मृत्यु भएको थियो।  

घाइते सहसेनानी जोशीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको नेपाली सेनाले जनाएको छ।  

8 hours
हाम्रो आवाज