नेपाली समय:

वि.सं २०८३ आषाढ १४   आइतबार

NepaliNP
भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु,

असार- १३

भक्तपुरमा छोराले आफ्नो आमाको हत्या गरेका छन्।

उदयपुर कटारी नगरपालिका-५ घर भई सूर्यविनायक नगरपालिका-९ बसदै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराले ज्यान लिएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार मेघियाको हत्या आरोपमा २४ वर्षीया छोरा किरण चौधरी पक्राउ परेका छन्। किरणले आमालाई घरायसी विवादमा शुक्रबार राति कुटपिट गरेका थिए।

 

कुटपिटबाट गम्भीर घाइते भएकी किरणको ललितपुर पाटन अस्पतालमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको थियो। किरणलाई प्रहरी वृत्त जगातीको हिरासतमा राखिएको छ।

14 hours
हाम्रो आवाज