असार -१५
काठमाडौं - एमाले उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री एवं विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई जरुरी पक्राउ पूर्जी दिएर असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले यसअघि २० दिन थुनामा राख्न अनुमति मागेको थियो । यसअघि असार ९ मा पौडेललाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो । आज पुन म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

