नेपाली समय:

वि.सं २०८३ आषाढ २४   बुधवार

NepaliNP
राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने : अध्यक्ष मगर

असार -२४

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले आन्तरिक रुपमा तयार पार्ने अनुसन्धान वा अनुगमन प्रतिवेदनहरू सार्वजनिक गर्न नमिल्ने आयोगको नीति रहेको बताएका छन्   । 

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा अध्यक्ष मगरले आयोगको प्रतिवेदनमा पीडितका उजुरी, साक्षीहरूका बयान, अनुसन्धानका गोप्य कुराहरू र संवेदनशील दस्ताबेजहरू सामेल हुने भएकाले आयोगले सिधै सार्वजनिक गर्न नमिल्ने बताएका हुन् ।

8 hours
हाम्रो आवाज