नेपाली समय:

वि.सं २०८३ साउन १   शुक्रवार

NepaliNP
पश्चिम बङ्गालको मुर्सिदादाबादमा यात्रुवाहक रेलसँग विद्यालय भ्यान ठोक्किँदा ३ जनाको मृत्यु,

साउन-१

 

एजेन्सी- पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लामा शुक्रबार बिहान यात्रुबाहक रेलसँग विद्यालय भ्यान ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । 

करनासुबर्णा स्टेशननजिक भएको दुर्घटनामा विद्यालय भ्यानमा सवार दुई जना विद्यार्थी र साइकल चलाइरहेका एक वृद्धको मृत्यु भएको हो ।

यो दुर्घटना बिहान करिब ६:४१ बजे कटवा–अजीमगञ्ज रेल खण्डअन्तर्गत लेभल क्रसिङ गेट नम्बर २४ए/२ मा भएको थियो ।

निमटीटा–कटवा यात्रुबाहक रेल (नम्बर ५३०५४) रोयल एकेडेमी विद्यालयका विद्यार्थी बोकेको टाटा सुमो विद्यालय भ्यान र एक साइकलसँग ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका तीन जना विद्यार्थी र टाटा सुमोका चालकलाई मुर्शिदाबाद मेडिकल कलेज तथा अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

4 hours
हाम्रो आवाज