नेपाली समय:

वि.सं २०८३ साउन २६   मंगलवार

NepaliNP
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै,

साउन- ५

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश दूध उत्पादनका हिसाबले आत्मनिर्भरतातर्फ उन्मुख भए पनि उत्पादनको ठूलो हिस्सा अझै औपचारिक बजार प्रणालीमा समेटिन सकेको छैन। बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उपभोक्ताले सुरक्षित दुग्धजन्य उत्पादनको अपेक्षित लाभ लिन नसकेको सरोकारवालाहरू बताउँछन्।

सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डका अनुसार प्रदेशमा वार्षिक तीन लाख ५६ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुन्छ। कुल उत्पादनमध्ये ६१ प्रतिशतभन्दा बढी भैँसीको र ३८ प्रतिशतभन्दा बढी गाईको दूधको हिस्सा रहेको छ। जिल्लागत रूपमा कैलाली सबैभन्दा बढी दूध उत्पादन गर्ने जिल्ला हो। 

21 Jul 2026 , 2:09pm
हाम्रो आवाज