नेपाली समय:

वि.सं २०८३ साउन ८   शुक्रवार

NepaliNP
भारत र बङ्गलादेशलाई बिजुली बेचेर नेपाललाई २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी,


साउन- ७
काठमाडौं- नेपालले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट हालसम्मकै उच्च २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बंगलादेशमा ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गर्दा यो आम्दानी भएको हो।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यातसम्बन्धी विवरणअनुसार भारत र बङ्गलादेशमा गरिएको विद्युत् बिक्रीबाट नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको जनाएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत् निर्यातबाट भएको आम्दानी ६७.९६ प्रतिशत र निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो।

 

 

12 hours
हाम्रो आवाज