साउन-१९
मार्तडी-बाजुरामा विषालु च्याउ खाएर एकजना को ज्यान गएको छ।ज्यान गुमाउनेमा बाजुराको बडिमालिका नगरपालिका–७, धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको हो ।
सोमबार बेलुका जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा रामे थापा र उनकी श्रीमती ५० वर्षीया नाम्सरी थापा गम्भीर बिरामी परेका थिए। बिरामी परेपछि दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएकोमा चिकित्सकले रामेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

