साउन -२६
जनकपुरधाम - वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ।
परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला बिमल अचानक बिरामी परेका थिए । तत्पश्चात् उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।
हाल बिमलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ ।

