नेपाली समय:

वि.सं २०८३ भाद्र २   मंगलवार

NepaliNP
कोहलपुरमा १४ किलो अफिमसहित दुई जना पक्राउ,

भदौ -२

कोहलपुर - बाँकेको कोहलपुरमा १४ किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। 
पक्राउ पर्नेहरूमा रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नं १ का ४३ वर्षीय कर्ण बहादुर बुढा र बाँके कोहलपुर नगरपालिका वडा नं ६ का ६० वर्षीय टोप जङ्ग गिरी रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार कोहलपुर नगरपालिका वडा नं ६ बाट उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको बताइएको छ।

लागुऔषध अफिमको कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि अभियुक्तहरू भाग्न खोजेका थिए। भाग्न खोज्नेलाई रोक्न प्रहरीले चेतावनी स्वरूप एक राउण्ड हवाई फायर समेत गरेको थियो।पक्राउ परेका दुवै जनालाई आवश्यक थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको छ।

 

11 hours
असलम खान