नेपाली समय:

वि.सं २०८१ माघ २   बुधवार

NepaliNP
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

भदौ-३०

काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री पौडेलबाट ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

15 Sep 2024 , 7:13am
हाम्रो आवाज