नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह,

विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह,

असोज-१८

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् ।

मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आ आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे ।

4 Oct 2024 , 7:55am
हाम्रो आवाज